Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंक र 360 ट्रान्सपोर्ट सोलुसन्सबीच सम्झौता

२०७७ भाद्र ४ गते

बैंकिङ खबर । सिद्घार्थ बैंक लिमिटेडले सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ 360 ट्रान्सपोर्ट सोलुसन्ससँग व्यावसायिक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राजमहर्जन र 360 ट्रान्सपोर्ट  सोलुसन्स्का तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले हस्ताक्षर गर्नु भएको हो । यस सम्झौता पश्चात् 360 ट्रान्सपोर्ट सोलुसन्स अन्तर्गत सञ्चालनमा रहेको यातायातको साधनमा निकट भविष्यमा बैंकको एइ मेसिन जडान गरिने र यात्रु महानुभावहरुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरि मार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नुहुनेछ । प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिनेछ । बैंकको यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप डिजिटलाइजेसनको तर्फ क्रेन्द्रित रहेको र यस सेवाबाट नगद रहित कारोबारको उपयोग बढ्नुकासाथै यात्रु महानुभावहरुले केहि हदसम्म भएपनि बस भाडाका लागि खुद्रा बोक्नुपर्न झन्जट नरहने विश्वास बैंकले लिएको छ ।

Ad