Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्र बैंकका कर्मचारीदेखि बैंकरसम्म रोकिए ! सेवाग्राहीको हालत के होला ?

२०७७ भाद्र ४ गते

अत्याबश्यक रुपमा रहेको बैंकिङ क्षेत्र खुलाउँने विषयमा बैंक र सुरक्षाकर्मीबीच समन्वयन नहुुँदा धेरै बैंकका कर्मचारीलाई सुरक्षाकर्मीले बाटोमै रोके । बैंकरदेखि कर्मचारीसम्म मात्रै होइन विहीबार राष्ट्र बैंकका कर्मचारीलाई समेत सुरक्षाकर्मीले रोक लगाए । बैंकमा काम गर्ने कर्मचारी बैंकसम्म जान सकेनन्् । बैंकसम्म जाने कर्मचारीलाई त रोकियो भने बैंकसम्म जाने सेवाग्राहीलाई पनि फर्काउने काम भएको छ । काठमाडौं उपत्यकालाई निशेधाज्ञा गरिएपछि बैंकवित्त खोल्ने तयारी हुँदा हुँदै पनि बैंकवित्तका कर्मचारी हिडडुल गर्न पाएनन् । यो नेपाल राष्ट्र बैंक र सुरक्षा क्षेत्रबीच समन्वयनको अभाव हो । केही बैंकका कर्मचारी रोकिएपछि बैंकर्स संघले बिहीबार सेवा रोक्ने निर्णय लियो ।तर यो निर्णय परिपक्व निर्णय नभएको राष्ट्र बैंकको बुझाई छ । ‘असहज भएको अबस्थालाई सहज गर्ने र मिलाउने हो सेवा नै बन्द गर्ने होइन’ राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले भने ।

केही बैंकवित्तले भने असहज अबस्थाका बाबजुत सेवा सुचारु गरे । बैंकवित्तलाई अत्यावश्यक सेवामा राखिएपछि बैंकवित्तसम्म जाने सेवाग्राहीलाई पनि रोक्न मिल्दैन । अन्यथा बैंक खुलाउने र कर्मचारीलाई बैंकमा खटाएर सेवाग्राहीले सेवा पाएनन् भने बेंक खोल्नुको के सार्थकता ? यस बारेमा राष्ट्र बैंकले गृहमन्त्रालयसँग समन्वयन गरीसकेको र अब समस्या नआउने नेपाल राष्ट्र बैंकले जनाएको छ । सुरक्षाकर्मीले बैंक हिडेका कर्मचारी र सेवाग्राहीलाई बाटैबाट फर्काउने, विभिन्न प्रश्नहरु सोध्ने र अनावश्यक तनाब दिने काम गरेपछि बैंकिङ क्षेत्रलाई अत्यावश्यक रुपमा राख्नुको औचित्य नभएको भन्ने भनाईहरु आउन थालेका छन् । 

Ad