बैंकिङ खबर । विकास बैंकहरुले भने सेवा सुचारु राखेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष गोविन्द ढकालले विकास बैंकहरु खुल्ला रहेको बताए । उनले राष्ट्र बैंकको निर्देशन अनुसार विकास बैंकहरुले सिमित शाखा संचालन गरेको बताए । विकास बैंकका केही कर्मचारीहरु हिडेर बैंकसम्म आएर पनि सेवा दिएका छन् । विकास बैंकहरु सबैजसोको सेवा सुचारु रहेका छन् । त्यसैगरी फाइनान्स कम्पनीहरु पनि संचालनमा रहेको वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । असहज अबस्थामा पनि सिमित शाखाबाट सेवा सुचारु रहेको उनले बताए । बैंकिङ खबरसँगको कुराकानीमा उनले वित्तीय क्षेत्र अत्याबश्यक सेवामा परेका कारण बन्द नहुने उल्लेख गरे ।
