Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ सेवा सुचारु : रकमान्तरणदेखि ड्राफ्ट र प्रतीतपत्रका काम पनि संचालीत

२०७७ भाद्र ४ गते

बैंकिङ खबर । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा आधारभूत बैंकिङ सेवा सुचारु रहने छ । नगद जम्मा, भुक्तानी, बैंक ट्रान्सफर, चेक क्लियरिङ जस्ता कामहरु सुचारु छन् । नेपाल राष्ट्र बैंकले सूचना जारी गरी आधारभूत सेवा निरन्तर राख्न सम्पूर्ण बैंकवित्तहरुलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरुमा निषेधाज्ञा जारी गरेपछि अन्य सेवाहरु ठप्प प्राय छ । व्यापार व्यबसायहरु पनि बन्द छन् । बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने आधारभूत बैंकिङ सेवा स्वास्थ्य सुरक्षाका मापदण्ड कायम राखेर संचालन गरिएका छन् । राष्ट्र बैंकले विद्युतीय कारोबार बढाउन जोड दिएको छ । त्यसैगरी अत्यावश्यक वस्तुको आपूर्तिका लागि ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबारहरु पनि संचालन हुने राष्ट्र बैंकले जनाएको छ । बैंकवित्तका शाखाहरु भने आंशिक रूपमा खुल्ने छन् । निश्चित समयका लागि आलोपालो गरेर कर्मचारी परिचालन गरिने छ । बैंकवित्तको खुल्ला रहने शाखाको विवरण र सम्पर्क व्यक्तिको फोन नम्बर संस्थाको वेबसाइटमा उल्लेख गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Ad