मुक्तिनाथ बिकास बैंकले गत आर्थिक वर्षमा ३५ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ६५ प्रतिशत अर्थात १४ करोडले बढी मुनाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले २१ करोड ७६ लाख रुपैयाँया नाफा कमाएको थियो ।
निक्षेप संकलन र कर्जा बिस्तारमा अभुतपूर्व प्रगति गरेको मुक्तिनाथले ब्याज आम्दानी र संचालन मुनाफामा भारी बृद्धि गरेको छ । बैंकले निस्क्रिय कर्जालाई ०.०९ प्रतिशतमा झारेको छ ।
मुक्तिनाथले गतबर्ष ३७ रुपैयाँ प्रति शेयर आम्दानी गरेकोमा यस बर्ष त्यसमा १६ प्रतिशतले बढोत्तरी गरी ४३ रुपैयाँ पुर्याएको छ । मुक्तिनाथको हालको चुक्ता पुँजी ८३ करोड र जगेडा कोषमा ५० करोड छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५७.३५, मूल्य आम्दानी अनुपात ३०.५३ गुणा, प्रति शेयर कुल सम्पतिको मूल्य १५५५ र पूँजी कोष अनुपात १२.११ रेहेको छ ।