August 17th, 2020

सबैजसो सहकारीद्धारा भदौ १५ गतेसम्म सेवा बन्द

बैंंकिङ खबर । अधिकाँस सहकारी संस्थाले भदौ १५ गतेसम्मका लागि कारोबार बन्द गरेका छन् । केही सहकारीले अति आबश्यक पर्ने सदस्यलाई कारोबार गर्नेगरी बन्द गरेका छन् भने कतिपयले सम्पूर्ण काम रोकेका छन् । सूचना प्रकाशित गरी ती सहकारीहरुले आफ्नो कार्यालयमा टाँस गरी भदौ १५ सम्म सेवा बन्द गरेको जनाएका छन् । यस अघि सबै सहकारीहरुलाई दैनिक रकम उठाउने कार्य बन्द गर्न राष्ट्रिय सहकारी महासंघले अनुरोध गरेको थियो । कोरोना महामारी संक्रमण रोकथाम एवं नियन्त्रण गर्न महासंघले सदस्य भएकै ठाउँमा पुगेर बचत संकलन गर्ने काम रोक्न भनेको हो । उसले सहकारीहरुलाई घर–घरमा गएर दैनिक बचत संकलनको काम रोक्न परिपत्र गरेको हो । महासंघले एक सार्वजनिक सूचना जारी गरी घर–घरमा पुग्ने काम बन्द गर्न आग्रह गरेको थियो । ठाउँ ठाउँमा कोरोना संक्रमण बढेसँग अबस्था असहज भएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]