Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गुडविल फाईनान्सको मुनाफा १३ करोड १४ लाख

२०७३ श्रावण ११ गते

goodwill financeगुडविल फाईनान्सले गत आर्थिक बर्षमा १३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाईनान्सले अघिल्लो आर्थिक बर्षको तुलनामा २ सय २४ प्रतिशत अर्थात साढे ११ करोडले बढी मुनाफा कमाएको हो । 
 
निक्षेप र कर्जा परिचालनमा बृद्धि गरेको फाईनान्सले ब्याज आम्दानी र संचालन मुनाफा पनि बढाएको छ । गैर संचालन आम्दानी झण्डै ४ करोड बढाएको फाईनान्सको निस्क्रिय कर्जा अनुपात भने बढेको छ । 

३६ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १८ करोड ९३ लाख छ भने प्रति शेयर आम्दानी ३६ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ५२, मूल्य आम्दानी अनुपात ९.२२ र पूँजी कोष अनुपात १५.५१ रहेको छ ।