August 16th, 2020

व्याज उठ्न नसक्दा बैंकहरुको वितरणयोग्य नाफा ४१ प्रतिशतले घट्यो

बैंकिङ खबर । बैंकहरूले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुको नाफामा कोरोनाका कारण धक्का लागेको छ । अधिकाँसको नाफा घटेको छ । व्याज उठ्न नसक्दा बैंकहरुको नाफामा गिरावट आएको हो । सबै बैंकहरुको विवरणलाई आधार मान्ने हो भने गत बर्षको भन्दा यो बर्षको नाफा १२ प्रतिशत कमी हो । केही बैंकहरुले भने थोरै भएपनि नाफा बढाएका छन् । नाफामा अब्बल मानिएका राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नविल बैंकको पनि नाफा घटेको छ । सबै बैंकहरुको कुल ५४ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो बर्ष ६१ अर्ब ८४ करोड रुपैयाँ नाफा थियो । नाफा आर्जनमा राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा अगाडि छ । उसको नाफा करिव ४ अर्ब ४५ करोड छ । दोस्रोमा नविल र तेस्रोमा कृषि विकास बैंक रहेको छ भने चौथोमा एनआइशी एसीया बैंक रहेको छ । ३ अर्ब भन्दा बढी नाफा कमाउनेमा ग्लोवल आइएमई बैंक पनि छ । ग्लोवल आइएमई बैंक जनतासँग गाभिएका आधारबाट हेर्दा २ वटा वाणिज्य बैंकको नाफा हुन आउँछ । ३ अर्ब बढी नाफा कमाउने बैंकहरुमा चारवटा मात्रै छन् । अन्य सातवटा बैंकहरुले २ अर्ब बढी नाफा कमाएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, प्राइम कमर्शीयल बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकको नाफा २ अर्ब माथि छ । सिभल बैंकको नाफा सबैभन्दा कम देखिएको छ भने सेन्चुरी बैंकको नाफा पनि एक अर्ब भन्दा कम छ । बैंकहरुको उठ्नुपर्ने व्याज रकम नउठ्दा नाफामा धक्का लागेको छ । लकडाउनका कारण व्याज उठ्न नसकेपनि निक्षेप संकलन भने राम्रै देखिएको छ । वितरणयोग्य नाफामा भने गत आवको भन्दा करिब ४१ प्रतिशत कमी आएको छ । प्राइम कमर्शीयल र एनएमबी बैंकको भने वितरण योग्य नाफा घटेको छैन । अरु सबै बैंकहरुको वितरणयोग्य नाफा घटेको छ । नेपालमा हाल २७ वटा वाणिज्य बैंकहरु रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]