बैंकिङ खबर । गाडिको लागि बैंकवित्त र गाडि कम्पनीले विभिन्न स्किमहरु ल्याए पनि गाडि खरीद गर्नेहरु आकबर्षीत भएका छैनन् । आर्थिक अन्यौलता र बढ्दो संक्रमणका कारण गाडि खरीद गर्नेहरु भन्दा गाडि भएकाहरु नै विक्रिको लागि अग्रसर छन् । विशेषगरी गाडिको दोस्रो बजार अर्थात सेकेन्डहेन्ड गाडि विक्रि गर्नेहरु बढेका छन् । ‘बैंकको किस्ता र व्याज बढ्दै जाने तथा व्यबसाय र रोजगाडि कम्जोर भएका कारण यस्तो अबस्था आएको हो। काम नहुँदा गाडिको प्रयोग भएन, विक्रि गर्नु नै उत्तम हुन्छ, कम्तिमा बैंकको ऋण तिर्न सकिन्छ’ चावहिलका गोपाल खनालले सेकेन्ड हेन्डको स्वरुममा गाडि छाडेपछि बताए उनीजस्ता धेरै मानिसहरु गाडि विक्रिको प्रोसेशमा छन् । कामकाज नहुँदा गाडिको प्रयोग नहुने र बैंकको व्याज बढीरहने हुँदा दोस्रो बजारमा गाडि बिक्रि गर्नेहरु बढेका हुन् । कन्सल्टेन्सी, रोजगार कम्पनी, होटल तथा पर्यटन क्षेत्र, शैक्षिक क्षेत्रमा काम गर्ने कर्मचारीहरु सबैभन्दा मारमा छन् । अन्य क्षेत्र पनि उस्तै समस्यामा छ । नीजि क्षेत्र विशेषगरी केही गर्ने हिम्मत बटुलेका युवा पीडीलाई कोरोना कहरले आर्थिक तनावमा पारेको छ । केही गर्ने र स्वदेशमै उद्यमी बन्ने सपना साँचेका व्यक्तिहरु कोरोनाका कारण निरास हुन थालेका छन् ।
मोटरसाइकल र स्कुटीको विक्रि बढ्यो
नीजि तथा साना गाडि बिक्रिका लागि गाडि कम्पनीहरुले बैंकहरुसँग सहकार्य गरेर विक्रि बितरणको चाँजोमाझो मिलाएपनि विक्रि भने खासै बढेन । गाडिको विक्रि खासै नभएको गाडि कम्पनीहरुको भनाई छ । सार्वजनिक सवारी साधन बन्द भएका कारण मोटरसाइकल तथा स्कूटरका कम्पनी र नीजि कार कम्पनीहरु सक्रिय भएर लागेका थिए । उनीहरुले धेरै सहुलीयतका स्किमहरु ल्याएका थिए । कम्पनीहरूले फाइनान्सिङ सुविधा, मासिक किस्ता सुविधा, नगद एवं कर छुट जस्ता सुविधाहरु घोषणा गरेर बैंक वित्त कम्पनीसँग मिलेर गाडि बिक्रिको रणनीति बनाए । सवारीसाधन बिक्रिका लागि दशैंमा भन्दा सहुलीयत र छुटका प्याकेज राखिएको छ । यसअघि गाडी खरिदमा छुट पाउन दसैंतिहार पर्खनु पर्ने अबस्था थियो । कोरोना संक्रमण र लकडाउनका कारण थला परेको अर्थव्स्थामा सवारी साधन पनि एक हो । यो व्यबसाय कम्जोर हुँदै गर्दा मोटरसाइकल र स्कूटरको बिक्रि भने अहिले बढेको छ । जोर विजोर लागु हुनु तथा सार्वजनिक यातायात बन्द हुनुले दैनिक काम गर्नेका लागि मोटरसाइकल र स्कूटर प्रभावकारी देखिन्छ । चारपांग्रे साना सवारी साधन तथा मोटरसाइकल र स्कुटर खरिद गर्दा कम्पनीहरुले छुटका कार्यक्रमहरु अघि सारेपछि उपभोक्ता पनि आकर्षीत हुने अनुमान थियो । तर कारको बजार खासै छैन । पुराना कारहरु पनि धेरै विक्रिमा राखिएका छन् । गाडिका लागि बैंकहरु पनि लगानी गर्न तयार छन् । गाडि कम्पनीहरुले ६ महिनाको किस्ता समेत आफैले बुझाउने समेतका स्किम ल्याएका छन् । लकडाउन खुकुलो भएसँगै मोटरसाइकल र स्कुटरको बिक्रि भने बढेको छ ।