Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

ग्लोबल आइएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त

२०७७ श्रावण ३० गते

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकले आगामी चार वर्षका लागि उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंक सञ्चालक समिति बैठकले बज्राचार्यलाई १ भदौदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरेको हो । सनराइज बैंकका पूर्व सिइओ रहेका उनी सनराइज बैंक जानु अघि ग्लोबल आइएमई बैंकमै कार्यरत थिए ।