बैंकिङ खबर । एन आई सी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
रू. ३ अर्ब १२ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आ.व. २०७५/७६ को सोही अवधीको खुद मुनाफा रू. ३ अर्ब २ करोड रहेको थियो । यो अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले बढी हो । १७ प्रतिशतले बढाएर २ खर्ब १ अर्ब निक्षेप संकलन गरेको बैंकले १२ प्रतिशत बढाएर १ खर्ब ६० अर्ब ऋण विस्तार गरेको छ । बैंकको खराब कर्जा ०.७५ प्रतिशत रहेकोे छ भने आधारदर ७.७ प्रतिशत कायम छ सिसिडी रेसियो ७०.२९ छ । १० प्रतिशत बढेर ९ अर्ब ७१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा ५ अर्ब ८२ करोड रहेको छ । ३२.१२ रुपैयाँ बैंकको प्रतिशेयर आम्दानी रहेको बैंकको बैंकको वितरयोग्य नाफा भने १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । हाल यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।