Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा गिरावट

२०७७ श्रावण ३० गते

बैंकिङ खबर । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा गिरावट आएको छ । नाफा अघिल्लो वर्षको भन्दा १८.५१ प्रतशतले कम हो । बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा रहेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको अन्तिम वित्तीय विरणअनुसार बैंकको सञ्चालन नाफा २ अर्ब ८४ करोड भन्दा माथि छ अघिल्लो वर्ष बैंकले यस्तो नाफा ३ अर्ब ४७ करोड माथि रहेकोे थियो ।
बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५१ करोडमा सिमित भएको छ । यो अघिल्लो वर्षको तुलनामा ०.२ प्रतिशतले कम हो ।
बैंकको वितरयोग्य नाफा १ अर्ब ५१ करोड रहेको छ । जुन अघिल्ले वर्षको तुलनामा १५.९० प्रतिशतले कम हो । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ८० करोड रहेको थियो । चौथो त्रैमाससम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७६ पैसामा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ५० पैसा रहेको छ ।

Ad