July 25th, 2016

माउण्ट मकालु डेभलपेमन्ट बैंकको ३ लाख ९० हजार कित्ता हकप्रद शेयर आउँदै

mt makaluमाउण्ट मकालु डेभलपेमन्ट बैंकले हकप्रद निष्काशनका लागि बोर्डबाट अनुमति पाएको छ । बैंकले डेढसय प्रतिशत अर्थात १ बराबर १.५ कित्ताका दरले हकप्रद शेयर निष्काशनका लागि बोर्डबाट अनुमति पाएको हो । मकालुले ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो । माउण्ट मकालुको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।