Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रसुवाको स्याफ्रुवेशीमा प्रभु बैंकको शाखा विस्तार

admin २०७३ श्रावण १० गते
सेयर:

pravuप्रभु बैंक लिमिटेडले रसुवा जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा नेपाल चिन विचको नाका स्याफ्रुवेशीमा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले सोमबार एक समारोहकाबीच उद्घाटन गरे ।

गत वर्ष गएको शक्तिशाली भुकम्पका कारण अति प्रभावित जिल्ला रसुवामा बैंकको शाखा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दा तथा भूकम्प पिडीतहरुलाई सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध हुने राहत रकम तथा अन्य सुविधा रकम बैंक मार्फत् भुक्तानी लिन सहज हुने भएको छ । यसबाट स्थानीयहरु उत्साहित भएका छन् । 

रसुवा जिल्लाको स्याफ्रुवेशी चिनसँग जोडिएको प्रमुख व्यापारिक नाका हो । उक्त क्षेत्रमा बैंकको शाखा कार्यालय स्थापना भएको हुँदा व्यापारिक प्रयोजनका लागि सहज हुनुका साथै बैंकको शाखा कार्यालयबाट उपलब्ध हुने बैंकिङ्ग कारोबारले उक्त क्षेत्रमा व्यापारिक गतिविधिहरुमा वृद्धि हुनुका साथै दुई देश विचको व्यापारमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।