August 12th, 2020

कोरोना जोखिममा बैंकका कर्मचारीहरु ! संक्रमण बढेपछि चुनौती थपियो

बैंकिङ खबर । विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण देखा पर्न थालेको छ । बैंकमा कार्यरत कर्मचारीहरुद्धारा कोरोना परिक्षण बढाएका छन् । परिक्षण बढाएसँगै हालसम्म करिव ३ दर्जन बेंकका कर्मचारीमा कोरोना संक्रमण पृष्टि भएको छ । बिराटनगर, नेपालगञ्ज, विरगंज जस्ता बोर्डर क्षेत्रमा रहेका बैंकहरु कोरोनाको उच्च जोखिमा रहेको पाइएको छ । त्यसका साथै काठमाडौंमा पनि केही बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि बैंकहरुले क्यास काउन्टरको संख्या घटाएका छन् भने सेवा अवधि पनि कम गरेका छन् ।

पछिल्लो समय कोरोना संक्रमण बढेपछि बैंकिङ क्षेत्रले भेटघाटमा कडाई गर्नुका साथै प्रविधिकै प्रयोगमा जोड दिएका छन् । बैंकका काउन्टरहरुमा सकेसम्म भिड नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ । देशका विभिन्न जिल्लामा लकडाउन भएसँगै र काठमाडौं उपत्यकामा जोरबिजोर लागु भएसँगै बैंकवित्तले भेटघाटलाई कम गरेका छन् । अत्याबश्यक काम बाहेक बैंकका अफिसरहरुले पनि भेटघाट हटाएका छन् । त्यसैगरी क्यास कारोबार कम गर्न र प्रविधिलाई जोड दिन बैंकिङ क्षेत्रले उपभोक्ताहरुलाई आग्रह गरेर सूचना प्रकाशन गरेका छन् ।

कोरोना संक्रमण बढेसँगै बैंकवित्तमा सन्त्रास थपिएको छ । कोरोना परिक्षण रिपोर्टमा विभिन्न बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तको फ्रन्टलाइनमा काम गर्नेहरुमा सन्त्रास थपीएको हो । काठमाडौंमा रहेका बैंकहरुमा समेत कोरोना संक्रमण देखिएको छ । काठमाडौंबाहीर रहेका र विशेषगरी बोर्डर क्षेत्रका बैंकका शाखाहरुमा काम गर्ने कर्मचारीमा बढी सन्त्रास बढेको छ । बिरगञ्ज, बीराटनगर, काठमाडौं, धादीङ, इटहरी, कपिलबस्तु, धनगढी लगायतका ठाउँमा बैंकमा काम गर्ने केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । बिभिन्न बैंकहरुले यसबारेमा आधिकारीक जानकारी र सूचनाहरु बटुल्ने काम गरीरहेको जनाइएको छ ।

उता विराटनगर महानगरपालिकाले साउनभरी बैंकिङ क्षेत्रको नगद कारोबार बन्द गराएको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न साउन ३० गतेसम्म बीराटनगर महानगरपालीकाले पूर्ण रुपमा लकडाउन गरेको छ । जसकारण बैंकमा भिडभाड बढ्ने र संक्रमण फैलिने भन्दै बैंकका क्यास काउन्टरहरु बन्द गरिएको छ । साउन ३० सम्म बैंकबाट भौतिक रूपमा हुने नगद कारोबार बन्द गरिने बताइएको छ । महानगरको आग्रहपछि सबै बैंक तथा वित्तीय संस्थाले बीराटनगरमा काउन्टरहरु बन्द गरेका छन् । डिजिटल भुक्तानी र एटीएमको प्रयोगबाट कारोबार गर्न महानगरले आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि पुनःआलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गर्ने भएका छन् । अब बैंकले कुनै, कुनै शाखाबाट मात्रै सेवा दिने र एक दिनमा केही घण्टामात्रै बैंक खोल्न पाउनेछन् । प्रदेश, स्थानीय सरकार र स्थानीय प्रशासनसँगको समन्वयमा शाखा खोल्नेबारे निर्णय लिन बैंकलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । यसअघि बन्दाबन्दीको समयमा शाखा आंशिक सञ्चालन गरेका बैंकले पछिल्लो समय पुनः सरकारले भीडभाड नियन्त्रण गर्न थालेपछि राष्ट्र बैंकले आवश्यकताअनुसार समूह विभाजन गरेर आलोपालो प्रणाली लागू गर्न निर्देशन दिएको थियो ।

यता एभरेस्ट बैंकका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मुख्य कार्यालय नै दुई दिनका लागि बन्द गरिएको थियो । एभरेष्ट बैंकको लाजिम्पाट स्थित मुख्य कार्यालयमा सोमबार र मंगलबारका लागि बन्द गरिएको हो । बुधबारदेखि भने नियमित रुपमा सेवा सुचारु हुने छ । शनिबार एभरेष्ट बैंकको लाजिम्पाटस्थित कर्मचारीको कोरोना परीक्षण गराइएको थियो । सो क्रममा दुई जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि दुइदिनका लागि सेवा बन्द गरिएको हो । कोरोना संक्रमितलार्इ आइसोलेसनमा राखिएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ‘घरबाट गर्न मिल्ने काम घरमै बसेर गर्नु’ भनेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरैबाट काम गर्न एवं अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु परिचालन गरेर सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंकवित्तहरुलाई निर्देशन जारी गर्दै जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा संचालनको लागि कर्मचारीलाई आलो पालो उपस्थित भई काम गर्ने व्यवस्था मिलाउन भनेको छ । कोरोना संक्रमण बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]