२०७३ श्रावण १० गते

मेघा ईन्टरनेशनलमार्फत पठाएको रेमिट्यान्सको भुक्तानी अब बुम रेमिटका एजेन्टबाट

moneyकाठमाडौँस्थित सोल्टीमोडमा रहेको बूम रेमिट्यान्स प्रालीलाई मेघा ईन्टरनेशनल मनि ट्रान्सफर प्रा लि ले आफ्नो सुपर–एजेन्ट नियूक्त गरेको छ । उक्त सम्झौतामा बूम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र मेघा ईन्टरनेशनल मनि ट्रान्सफरको तर्फबाट अघ्यक्ष सन्तोष अधिकारीले सम्झौता पत्रमा हस्तक्षर गरे ।

अब मेघा ईन्टरनेशनल मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम बूम रेमिट्ले ७५ वटै जिल्लाबाट आफ्नो १५०० वटा भन्दा बढि सब–ऐजेन्टहरु मार्फत भुक्तानी गर्नेछ । मेघा ईन्टरनेशनल मनि ट्रान्सफरले युरोपबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । बूम रेमिट्यान्सले खाडी मुलुकबाट बिप्रेसणको कारोवार गर्दै आएको छ र चाडै नै मलेसीया, कोरीया, जापान, अस्टे«लिया, युरोपबाट समेत कारोवार सुरु गर्ने छ ।