गत आर्थिक वर्षमा तिनाउ विकास बैंकले ७ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकले दोब्बर नाफा गरेको हो । अघिल्लो आर्थिक बर्ष बैंकले चार करोड रुपैयाँ नाफा कमाएको थियो ।
तिनाउले ब्याज आम्दानी र संचालन नाफा उल्लेख्य रुपमा बढाएको छ । २७ करोड चुक्ता पूँजी रहेको बैंकको प्रति शेयर आम्दानी २९ रुपैयाँ नाघेको छ भने निक्षेप र कर्जामा पनि बढोत्तरी गरेको छ । बैंकको निस्क्रिय कर्जा अनुपात ०.०६ छ । बैंकका जगेडा कोषमा ११ करोड छ ।
बैंकले गत आर्थिक बर्षमा २५ प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । भने अघिल्लो बर्षको मुनाफाबाट बैंकले १८ प्रतिशत बोनश वितरणको गरेको थियो ।




