नेपालमा घरेलु तथा साना उधोग फस्टाएनन्

गौरब काफ्ले-

म महिनाको १ पटक जसोे साना उधोग र घरेलु उधोग सञ्चालन गर्ने सिर्जनशील उधमी हरु निर पुग्ने गरेको छु । एक दिनको कुरा हो शनिबार अफिस बिदा भएकाले म बाहिर निस्कीए र मखमल ढाका जुत्ता चप्पल सञ्चनलन गरि बस्नुभएकी सानो उमेर मै हस्तकला लगाएत अन्य साना ब्यबसायी सञ्चालन गरि बसेकी प्रतिक्षा महतोलाई भेटे । सर नमस्कार बहिनी नमस्कार सन्चै हुनु हुन्छ ? सामान त गोदाममा केहि पनि छैन काम गर्ने दिदीबहिनीहरु प्नि हुनु हुन्न ? सर आजभोली मेसिनबाट बनेको सामान बजारमा बिक्छ हाम्रो हाते सामन लिदैनन, बिदेशसम्म लान हामी सक्दैर्नौ ।बैकको चर्को ब्याज ले ढाड सेकेको छ, ५ जना कर्मचारी थिए निकाले, सामान उत्पादन गर्न कच्चा समाग्री किन्न पूजि पनि भएन ब्यबसाय नबिकरण पनि गर्दिन अब छोडिदिन्छु यो ब्यबसाय हामी सग सिप छ, जोस जागर छ तर हामीलाई हाम्रो कामको लागि चाहिने प्रयाप्त पुजि छैन सरकारले हामीलाई हाम्रो ब्यबसाय सञ्चालन लाई हेरेन । चुनाब ताका मात्रै यो गर्छौ त्यौ गर्छाै चुनाब जितेर गएपछि फर्केर आउदैनन गाउँ, तर के ब्याबसायी होला र सर रित्तो यि हातले ?
म स्तब्ध भए अनि फर्किए । अहिले हजारौ प्रतिक्षा महतो जस्तो साना तथा घरेलु उधोग सञ्चालन गरि बसेकाहरु निराशामा छन् र उधोग ब्यबसाय नै बन्द गर्ने अबस्थामा पुगेका छन् । कति घरेलु तथा साना उधोग सञ्चालन गर्न चाहन्छन तर बिबिध अभाब कारणले सकेका छैनन् । सरकार मुखदर्शक मात्र बनि बसेको छ ।

नेपालको बिकासक्रम अगाडी बढिरहेको भनेता पनि बिकास सग प्रत्यक्ष भुमिका खेल्ने घरेलु तथा साना उधोग फस्टाउन नसकेको अवस्था छ । जुन घरेलु तथा साना उधोग विकासको नितीगत प्रस्टताको अभाबको कारण हो । घरेलु तथा साना उधोग सङ्ख्यात्मक हिसाबले पनि कम हुदै गएको छ । घरेलु तथा साना उधोग सङख्यात्मक एकमुष्ट विकास गर्ने उदेश्यले बि.स.२०४७ सालमा छाता सगठनको स्थापना भई मुलुकभर सञ्जाल बिस्तार गरिएको थियो । तर छाता सगठनको समेत प्रभाबकारी भुमिका खेलेको छैन । राष्ट्रको स्पष्ट लगानी नीति नहुनु, राजनितीक दलको आर्थिक समृद्दिको लागि लगानिको स्पष्ट खाका नहुनु, वित्तिय क्षेत्रहरु जस्तो बैक, फाईनान्स, लघुबित्त सहकारीहरुले उद्धमीलाई चर्को ब्याज, सरल, सहज न्युन ब्याजदर बिना धितोको कारोबारमा कन्जुसायी गरेकाले पनि नया घरेलु तथा साना उधोगीहरु विस्थापित हुदै गएका छन् ।
नेपाल जस्तो अल्पबिकसीत राष्ट्र एउटा बिकासको बाटो तर्फ अगि बढिरहेको छ । नेपालको भौगोलिक बिकटता, यातायात, सञ्चारको अभाब, दक्ष जनशक्ती, लगानी पुजि बैज्ञानिक एबम आधुनिक प्रबिधी, शिक्षा र सिपको को अभाब, छ तथापी कछुवाको हिडाइमा यि घरेलु तथा साना उधोग हरु सञ्चालित छन् । घरेलु तथा साना उधोग सञ्चनलनमा बृद्दि गर्नका निम्ति लगानीको प्रतिफलको सुरक्षा, लगानीको राम्रो बातावरण, बजारको ब्यास्था, सहुलियत क्रृणको ब्यवस्था, मुलुकलाई औधोगिकीकरण तर्फ उन्मुख गराउने, राज्यले घरेलु तथा साना उधोग सम्बन्धी स्पष्ट निती बनाएर नियमीत परिमार्जीत र कार्यान्वयन गरेमा, स्थानिय स्रोत र साधनको दिगो सरक्षण गर्दै समुचित प्रयोग का साथ अगि बढेमा मात्रै उधोग आर्थिक रुपान्तरणको सबाहक बन्नेछ र हामी नेपाली गरिबीको दलदलबाट निस्केर सुखी परिबारको रुपमा आफुलाई परिचित गराउन सफल हुनेछौ ।

काफ्ले सांग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत छन् ।


सोसिअल मेडिया