गरिमा विकास बैंकका ग्राहकलाई ग्यालेक्सी हस्पिटलमा उपचार गर्दा छुट हुने

गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ग्यालेक्सी हस्पिटलमा लाग्न उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक र ग्यालेक्सी हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ । संझौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । यस सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका कर्मचारि र कर्मचारिका परिवार, भिजाकार्ड होल्डर र मोवाईल बैंकिङ्गका प्रयोगकर्ताहरुले ग्यालेक्सी हस्पिटलमा उपचार गराउँदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेक अन्य सेवामा १२ प्रतिशत छुट प्राप्तगर्नेछन । गरिमा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । बैंकले काठमाण्डौं उपत्यकाभित्र ११ वटा शाखा सहित देशभर ९१ शखा ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ । विकास बैंकको प्रधानकार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको छ ।


सोसिअल मेडिया