Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कैलाश विकाश बैंक ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’बाट तेस्रोपटक सम्मानीत

admin २०७३ श्रावण १० गते
सेयर:

awardनेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था (इक्यान)ले कैलाश विकास बैंक लिमिटेडलाई उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन सम्मान–२०७२ प्रदान गरेको छ । सो सम्मानबाट कैलाश विकास बैंक सम्मानित भएको यो तेस्रो पटक हो ।  

राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोवार गरीरहेको यस बैंकले स्थापनाकाल देखि नै संस्थागत सुशासन, पारदर्शिता, जवाफदेहिता, दिगो बृद्धि, स्तरीय ग्राहक सेवा आदी जस्ता विषयहरुलाई प्रमुख प्राथमिकतामा राख्दै उत्कृष्ट वित्तीय सेवा पुर्याउदै आएको छ । यस संस्थाको २०७३ आाषढ मसान्तमा चुक्ता पूंजी रु १ अरव ५८ करोड पुगेको छ भने २०७३ आषाढ मसान्त सम्ममा रु. १५ अरब ६ करोड निक्षेप संकलन गरी रु. १३ अरब ५० करोड कर्जा प्रवाह गरेको छ । गत आ.व.मा यस संस्थाले करिव ४४ करोड खुद मुनाफा आर्जन गरेको छ । 

संस्थाले विभिन्न जिल्लाका ३८ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, मोबाईल बैंकिङ्ग सुविधा सुविधा तथा १७ वटा एटीएम मेशिनद्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।                               

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।