बैंकिङ खबर । मनोज ज्ञवाली नबिल बैंकमा नायव महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) पदमा नियुक्त भएका छन् । उनलाई बुधबारदेखि लागू हुने गरी बैंकले नियुक्ति दिएको हो । ज्ञवाली यसअघि ज्योति विकास बैंकमा सिइओका रुपमा कार्यरत थिए । लामोे समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहेका ज्ञवालीले ज्योति बिकास बैंकअघि ग्लोबल आइएमई बैंकमा समेत काम गरेका थिए ।