August 3rd, 2020

कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब अनलाईन माध्यमबाट

बैंकिङ खबर । कर्मचारी सञ्चय कोषले आफूले प्रदान गर्ने गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अन्लाईन माध्यमबाट connect IPSe-Payment प्रणाली मार्फत गर्ने व्यवस्थाको थालनी गरेको छ । यसरी गरिएको कर्जा भुक्तानीको संकलन सोझै हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसि एसिया बैंकमा रहेको कोषको तोकिएको खातामा हुनेछ ।

यस डिजिटल माध्यमबाट कर्जा भुक्तानीको व्यवस्था सँगै सञ्चय कोषका विभिन्न कर्जाहरुको भुक्तानी अन्लाईन माध्यम मार्फत connectIPS बाट सोझै यस प्रणालीमा आबद्ध ५५ वटा बैंक वित्तिय संस्थाहरुका खाताबाट गर्न सकिने छ भने अब देखी ग्राहकले कर्जा भुक्तानीका निम्ती कोषको कार्यालय वा बैंक काउन्टर सम्म पुग्नुपर्ने बाध्यता पनि रहने छैन ।

यसका निम्ति ऋृणीले connectIPS e-Payment प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिन्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् । ऋृणीले www.connectips.com मा गई कर्मचारी सञ्चय कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् । ऋणीले भुक्तानी गर्नुपर्ने कर्जा छनोट गरी मोबाईल/UCIN तथा ऋणीको नाम लगायताका मागिएका आवश्यक विवरण भरी भुक्तानी गर्ने रकम दाखिला गरी सोझै बैंक खाताबाट भुक्तानी गर्न सक्दछन् भने कोषको हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसि एसिया बैंकमा रहेका तोकिएको खातामा सो रकम सोझै जम्मा हुनेछ । यस सँगै कोषको आफ्नो प्रणालीमा पनि भुक्तानी सफल भएको जानकारी प्राप्त गर्न सकिनेछ ।

कर्मचारी सञ्चय कोष तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच गत वर्ष श्रावणमा नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) को प्रयोग गरी बैंक खातामा आधारित डिजिटल भुक्तानी कारोबारहरु गर्ने सम्झौता भएको थियो । सो सम्झौता अनुरुप गतवर्ष श्रावण देखी नै कोषले प्रदानगर्ने धितो कर्जा लगयातका भुक्तानी सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्दै आएको छ जसमा असार मसान्त २०७७ सम्म NPI मार्फत ने.रु.५.३६ अर्ब बराबरको ३२हजार भन्दा बढी भुक्तानीहरु भैसकेका छन् । यससँगै अन्लाईनबाट कर्जा भुक्तानीको सुरुवात कोषको डिजिटाइजेसन तर्फको अर्को कोषेढुङ्गाको रुपमा लिइएको छ भने यसका साथै कोषले विभिन्न संस्थाहरुबाट कोषमा हुने कर्मचारीहरुको योगदानमा आधारित मासिक भुक्तानी लगायतका संकलन पनि निकट भविष्यमा अन्लाईन मार्फत गर्ने योजना रहेको जनाएको छ ।

एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS/ NPI प्रणालीहरु सञ्चालन गर्नुका साथै आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी÷ पिएसओ , सरकारी तथाअर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ । विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको ल्एक्ष् मार्फत हाल उपलब्ध connectIPS / NCHL-IPS को सञ्जालमा क्रमश ५५ र ६४ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् ।

कर्मचारी सञ्चय कोष ऐन अन्तर्गत स्थापित कर्मचारी सञ्चय कोष नेपालको सबैभन्दा ठूलो कोष हो । यसमा ५.५ लाख सञ्चयकर्ता र ३० हजार संस्थाहरु आबद्ध छन् । कोषले पछिल्लो समयमा आफ्ना सेवाहरु विभिन्न डिजिटल माध्यमबाट प्रदानगर्ने योजनालाई कार्यान्वयन गर्दै आएको छ ।

यस जानकारीकालागि www.nchl.com.np हेर्न सकिनेछ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]