August 2nd, 2020

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लि.को संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । निज नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष कार्य गरी सक्नुभएको छ । नेपालमा उहाँ एक व्यवस्थापन विज्ञको रुपमा परिचित हुनुहुन्छ । साथै, विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आउनुभएको छ । 

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनिप्रदानगर्दै आई रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]