August 1st, 2020

सिद्धार्थ बैंकको घरकर्जा ९.२५% मा पाइने

बैंकिङ खबर । सिद्धार्थ  बैंक लिमिटेडले घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक वित्तिय संस्थाबाट उपभोग गरिरहेको घरकर्जा सार्ने प्रयोजनाका लागि सस्तो तथा सरल किस्ताबन्दीमा घर कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकले ग्राहकहरुलाई ९.२५% वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ । सो प्रदान गरिएको कर्जाको ब्याजदर १ वर्षसम्मका लागि स्थिर रहनेछ ।
बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउँदै आएको छ भने यस योजनाले सबै ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]