July 25th, 2016

सानिमा बैंकले ल्यायो “सानिमा मनि म्याक्सिमाइजेसन स्किम”

sanimaसानिमा बैंकले “सानिमा मनि म्याक्सिमाइजेसन स्किम” ल्याएको छ । बैंकले ग्राहकहरुलाई सुलभ बैंकिङ सेवा अनुभव गराउनका लागि यस्तो योजना ल्याएको जनाएको छ । यस योजनाअनुसार नयाँ तथा हाल रहेका ग्राहकहरुले पायक परेको समयमा कुनै पनि ठाँउमा रहेर ई–एकाउन्ट पोर्टलबाट स्वतः बचत खाताबाट मुद्दति खातामा रकमान्तर गर्न बैंकलाई निर्देशन दिन सकिनेछ । बचत रकममा राम्रो मुनाफा खोजिरहेका ग्राहकहरुलाई यो योजना निकै फाइदाजनक हुने बैंकको दाबी छ । यस योजनामार्फत खातामा रहेको अधिक रकम स्वतः मुद्दति खातामा ट्रान्सफर हुने, ग्राहकले यस बैंकले प्रकाशित गरेको मुद्दति निक्षेप दरमा बढी ब्याजदर पाउने, स्वत नविकरण सेवा तथा मुद्दति निक्षेपलाई बन्द गर्नका लागि सजिलो विकल्प हुने लगायतका लाभ लिन सकिने छ ।