बैंकिङ खबर । नेपाल एसबिआई बैंक र चिरायूनेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि.बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरीचिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि.मा कार्ड प्रयोग बापत हस्पिटल सेवामा १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनूसार बैंकका गा्रहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गर्नसक्नेछन् । उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि.का निर्देशक संजिव राजभण्डारीका बिच सम्पन्न भयो ।