
बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै SME कर्जा (साना तथा मझौला कर्जा) मा आकर्षक योजनाल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले ९.५% वार्षिक ब्याजदरमा नै SME कर्जा प्राप्त गर्न सक्नेछन् ।
कोभिड–१९ महामारीले अर्थव्यवसायमा परिरहेको असहज परिस्थितिकाबावजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्न उद्देश्यले “जस्तो सुकै परिस्थिति होस्, नरोकियोस् केहि गर्ने जोस” नारा सहित यो योजना ल्याएको छ । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट सम्बन्धित सबै पक्षले लाभ लिन सक्ने बैंकले अपेक्षा लिएको छ ।
यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका साना तथा मझौला व्यवसायहरुलाई टेवा पु-याउने बैंकले विश्वास लिएको छ ।