अब बुम रेमिटमार्फत विदेशबाट पठाएको रकम तिनाउ विकास बैंकले आफ्ना शाखाहरुबाट भुक्तानी गर्ने भएको छ । रेमिटले आइतबार तिनाउलाई आफ्नो एजेन्टमा नियुक्त गरेको हो । सम्झौतामा बुमका तर्फबाट प्रबन्ध निर्देशक धीरेन्द्र पन्त र तिनाउका तर्फबाट सीईओ प्रदीपकुमार श्रेष्ठले हस्ताक्षर गरे ।
त्यस्तै, बुम रेमिट्यान्स कम्पनीले मिसन डेभलपमेन्ट बैंकलाई पनि आइतबार नै आफ्नो एजेन्टमा नियुक्त गरेको छ । सम्झौतामा बुमका तर्फबाट प्रबन्ध निर्देशक धीरेन्द्र पन्त र मिसनका तर्फबाट सीईओ हरिप्रसाद घिमिरेले हस्ताक्षर गरे ।
बुम रेमिट्यान्सको नेपालका ७५ वटै जिल्लामा १५ वटाभन्दा बढी सबएजेन्टहरु छन् । कम्पनीले खाडी मुलुकबाट रेमिट्यान्सको कारोबार गर्दै आएको छ । छिटै नै मलेशिया, कोरिया, जापान, अष्ट्रेलिया तथा युरोपबाट समेत कारोबार सुरु गर्ने योजना रहेको कम्पनीका प्रबन्ध निर्देशक पन्तले बताए ।