गत आर्थिक बर्षको चौथो त्रैमाशमा प्रोफेशनल दियालो बिकास बैंकले ३ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५८ दशमलव २१ प्रतिशत बढि मुनाफा कमाएको हो । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा बैंकले २ करोड २३ लाख रुपैयाँ खुद मुनाफामा आर्जन गरेको थियो ।
बैंकले निक्षेपमा ३० प्रतिशतले वृद्धि गरी २ अर्ब १ करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ४२ दशमलव ०३ प्रतिशतले वृद्धि गरी १ अर्ब ७२ करोड रुपैयाँ लगानी गरेको छ । खुद ब्याज आम्दानीमा पनि २६ दशमलव ०८ प्रतिशतले वृद्धि गरेको छ भने संचालन मुनाफामा ५७ प्रतिशतले वृद्धि गरी ५ करोड ५४ लाख रुपैयाँ कमाएको छ ।
२४ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ६ करोड ३ लाख रुपैया रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३९ दशमलव ५३ प्रतिशत बढी हो । गत बर्षको सोहि अवधिमा बैंकको जगेडा कोषमा ४ करोड ३२ लाख रुपैया रहेको थियो । बैंकले ४० लाख रुपैयाँ प्रोभिजनमा राखेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५३ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १४ दशमलव ५३ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक १४ दशमलव ७० रुपैयाँ, मुल्य आम्दानीको अनुपात २५ दशमलव ६५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २५ दशमलव ०९ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ८३ प्रतिशत रहेको छ ।