२०७३ श्रावण ९ गते

सिनर्जी पावरको ७ लाख कित्ता आईपीओ साउन १६ गतेदेखि

ipoसिनर्जी पावर लिमिटेडको ७ लाख कित्ता आईपीओ साउन १६ गतेदेखि निष्काशन हुने भएको छ । छिटोमा साउन ३० गते र ढिलोमा भदौ १९ गते बन्द हुने आईपीओ उद्योग प्रभावित क्षेत्र (दोलखा जिल्लाको गौरीशङ्कर, खरे, लामाबगर, वराङ्ग, बुलुङ्ग र लादुक गा.वि.स.) का वासिन्दाहरुका लागि निष्काशन गर्न लागिएको हो ।  प्रति शेयर १ सय रुपैयाँ मूल्य रहेको बैङ्कको शेयरमा न्यूनतम ५० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्मको आवेदन दिन सकिने बताइएको छ । 

स्थानीय वासिन्दाहरुको लागि शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ४९ करोड रुपैयाँ पुग्नेछ । त्यसैगरी, सर्वसाधारण र कम्पनीका कर्मचारीहरुको लागि छुट्याइएको (२१ लाख कित्ता) आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओलाई ईक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ् दिएको छ ।