Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पोखरा फाइनान्सको शाखा सुनवलमा

२०७७ श्रावण ११ गते

बैंकिङ खबर । न्यृ्रोड पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले नवलपरासी पश्चिम सुनवल नगरपालिका वडा नं. १ मा २१ औं नयाँ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तार गर्ने हेतुले क्रमशःशाखा विस्तार गदै जाने जानकारी प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिनु भयो ।

चुक्ता पुंजी रु. ९१.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ७ अर्व ५८ करोड तथा कर्जा लगानी रु.६ अर्व ३३ करोड रहेको छ । उक्त शाखाहरु मार्फत् संस्थाले निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकि∙, सिआस्वा, आइपिएस, चेक क्लिअरिड्ड, रेमिटेन्स लगायतका आधुनिक बैंकिङ सेवा दिइने कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिनुभएको छ ।

Ad