सिटिजन्स बैंकले निष्काशन गरेको ५५ प्रतिशत हकप्रद निष्काशन भएको छ । आइतबारको बैंकिङ समयपश्चात हकप्रद शेयरका लागि आवेदन दिने समय बन्द भएको बैंकले जनाएको छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । बैंकले चुक्ता पूँजीको ५५ प्रतिशतले हुने १ करोड ६८ लाख ५८ हजार ७ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।




