बैंकिङ खबर । कोभिड–१९ को कारण देशको समग्र अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारेको र विशेष गरी यसबाट यातायात व्यवसाय सबैभन्दा बढि प्रभावित भएको हुंदा कामना सेवा विकास बैक लिमिटेडबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकहरुलाई विशेष राहत दिने उद्देश्यका साथ ब्याजमा भारि छुट दिने योजना ल्याएको छ । उक्त योजना अन्र्तरगत यस्ता कर्जा लिएका ग्राहकहरुले २०७७ साल आषाढ मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज २०७७ साल श्रावण २० गते सम्म भुक्तानी गरेको खण्डमा श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने योजना सार्वजनिक गरेको छ । साथै, आषाढ महिनासम्मको साँवा तथा ब्याज आषाढ महिना भित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ उठाउन सक्नेछन् । यो योजनाले यातायात व्यवसायिहरुलाई अधिकतम लाभ पु¥याई व्यवसाय सञ्चालनमा थप सहजता पु-याउने समेत बैकले विश्वास लिएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA, Online Banking, लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।


