July 22nd, 2020

जुम्ल्याहा हात्ती राम–लक्ष्मणको चित्र भएको एक हजारको नयाँ नोट निष्कासन गर्दै राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्तीको चित्र भएको रू। १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । यसमा एउटा हात्तीको सट्टा ‘राम र लक्ष्मण’ भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र रहेको नोट चलनचल्तीमा ल्याइने छ । बैंकले आजदेखि उक्त नोट चलनचल्तिमा ल्याउन लागिएको जानकारी दिएको हो ।

नोटको अग्रभागमाः
१. नोटको बयाँतर्फ सगरमाथा हिमालको चित्र रहेको । 
२. नोटको दायाँतर्फ ४.०० मिलीमिटर चौडाई भएको चलाएमान (Movement/Dynamic Effect) हुने तथा NRB र 1000 अंकित भएको सुरक्षण धागो रहेको ।
३. नोटको दायाँतर्फ एक हजार दरको नोट जाउने अंग्रेजी अंक 1000 को केही अंशको See Through Register रहेको ।
४. नोटको दायाँतर्फ लालीगुराँस र एक हजनारको दरको नोट जनाउने अंग्रेजी अंक 1000 को पानीछाप रहेको ।
५. नोटको दायाँतर्फ तल्लो भागमा फरक क्षमता भएका (दृष्टिविहीन) व्यक्तिहरुले छामेर नोट पहिचान गर्न सक्ने गरी एक हजार अंक जनाउने रोमन अक्षर M रहेको । 
६. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत रहकेो ।
७. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा वि.सं. २०७६ लेखिएको ।

नोटको पृष्ठ भागमा :
१. नोटको माथिल्लो भागमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको ।
२ नोटको बायाँतर्फ एक हजार दरको नोट जनाउने अंग्रेजी अंक १००० को बाँकी अंशको See Through Register रहेको ।
३. नोटको मध्य भागमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तीहरुमध्ये देवीकाली भनी चिनिने हात्तीबाट जन्म भएका दुर्लभ मानिने राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुईवटा हात्तीहरुको चित्र रहेको । 
४. नोटको दायँतर्फ अंग्रेजीमा RUPEES ONE THOUSAND लेखिएको ।
५. नोटको तल्लो भागको बातेर्डरमा नोटको Series Number अंग्रेजीमा 2019 A.D. लेखिएको


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]