July 21st, 2020

यस्तो छ : चालु खाता एवम् शोधनान्तर स्थिति

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७७ जेष्ठ महिनाको आर्थिक विवरणको रिपोर्टमा आधारित चालु खाता एवम् शोधनान्तर स्थिति

चालु खाता एवम् शोधनान्तर स्थिति  : समीक्षा अवधिमा चालु खाता घाटा ७१.२ प्रतिशतले घटी रु.७१ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.२४९ अर्ब ८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको एघार महिनामा २ अर्ब २० करोड चालु खाता घाटा रहेकोमा समीक्षा अवधिमा ६५ करोड ६४ लाख रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१८ अर्ब ७२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ८८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.११ अर्ब ८० करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१७९ अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.९० अर्ब ८३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनासम्ममा ८० करोड ३१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति
२०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.८ प्रतिशतले बृद्धि भई २०७७ जेठ मसान्तमा रु.१३०६ अर्ब ४६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ जेठ मसान्तमा १० अर्ब ७९ करोड पुगेको छ ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ जेठ मसान्तमा रु.११४२ अर्ब ७८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७७ जेठ मसान्तमा रु.१६३ अर्ब ६८ करोड पुगेको छ । २०७७ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ । अमेरिकी डलर दश लाखमा चार्ट ३ः कुल विदेशी विनिमय सञ्चिति (जेठ मसान्त)

सञ्चिति पर्याप्तता 
आर्थिक वर्ष २०७६/७७ को एघार महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.३ महिनाको वस्तु आयात र ११.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.७ प्रतिशत, ९७.५ प्रतिशत र ३२.३ प्रतिशत रहेका छन ्। २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]