स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल Global Finance – ‘World’s Best Consumer Digital Bank Awards – 2016’ बाट सम्मानित भएको छ । स्टान्डर्ड चार्टर्ड एसियाली मुलुकमध्येबाट वल्र्ड बेस्ट डिजिटल बैंक नामक प्रतिष्पर्धाको पहिलो चरणमा विजेता घोषित भएपछि गत जुलाई २१ अर्थात साउन ६ गते अमेरिकाको न्युयोर्क सहरमा ग्लोबल फाइनान्सद्धारा सो अवार्ड प्रदान गरिएको हो । इन्फोसिसका वल्र्डक्लास निर्णायकमण्डलले स्टान्डर्ड चार्टर्डलाई विजेता घोषित गरेको थियो ।
बैंकको डिजिटल ग्राकहकलाई आकर्षित गर्न प्रयोग गरिएको शैली, डिजिटल ग्राहक वृद्धिको सफलता, डिजिटल प्रणालीबाट लाभान्वित भएका उदाहरणहरु लगायतका आधारमा विजेता घोषित गरिएको बताइएको छ । यसअघि पनि बैंक “‘Euromoney Awards for Excellence – 2016” बाट सम्मानित भएको थियो ।