Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंक र कर्मचारी संचय कोषबीच सम्झौता

२०७७ श्रावण ५ गते

बैंकिङ खबर । हिमालयन बैंक लिमिटेड र कर्मचारी संचयकोष बिच सम्झौता भएको छ । सो सम्झौता पश्चात कर्मचारी संचय कोषमा रकम संचय गर्दैं आएका संचयकर्ताहरुले कोषबाट लिएको ऋणको सावा र व्याज भुक्तानी कनेक्ट आइपीएस् (Connect IPS) इपेमेन्टद्धारा (E-Payment) गर्न सक्ने भएका छन् ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट मुख्य व्यवस्थापक अर्जुन कुमार गौतमले हस्ताक्षर गर्नुभएको छ । बैंकले कोषसंगको उक्त सम्झौता पश्चात कोषका संचयकर्तालाई लाभ पुग्ने विश्वास लिएको छ ।

Ad