बैंकिङ खबर । कोभिड—१९ को भीषण परिस्थितिमा बैंक खाताबाट गरिने विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन गर्न ११ चैत्र २०७६ देखि ३१ असार २०७७ सम्म नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) द्वारा सञ्चालन गर्दै आएको सबै भुक्तानी प्राणालीहरु (NCHL-ECC, NCHL-IPS, connectIPS) मा कारोबार शुल्क नलाग्ने व्यवस्था गरिएकोमा श्रावण १, २०७७ देखि शुल्क लाग्ने भएको छ । तर विद्युतीय भुक्तानी कारोबारलाई सहज एवम् बिश्वसनिय माध्यम बनाई आफ्नो सदस्य तथा तीनका ग्राहकहरुलाई सहयोग गर्ने उद्देश्यले एनसीएचएलद्वारा सन्चालान गर्दै अएका NCHL-ECC, NCHL-IPS र connectIPS प्रणालीको कारोबारमा लाग्ने कारोबार शुल्क उल्लेख्य रुपमा घटाइएकोे छ ।
एनसीएचएलले श्रावण १, २०७७ देखि लागु गरिएको भुक्तानी शुल्क NCHL-ECC —१५, NCHL-IPSdf मा २—१० र connectIPS मा २—१५ कायम हुने गरी परिवर्तन गरेको छ । त्यसै गरी connectIPS मा सदस्य बैंक तथा वित्तिय संस्था एवम् भुक्तानी सेवा प्रदायकले जोड्दै आएका क्रेडिटरहरुलाई लाग्ने शुल्कमा पनि परिवर्तन ल्याई ०.७५५ (न्युनतम रु २ र अधिक्तम रु १००) बनाइएको छ । यद्यपी एनसीएचएलको एक्स्प्रेस र हाई भ्याल्यु क्लियरिङ्गको शुल्क यथावत राखेको छ ।
एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC), अन्त र्बैंक विद्युतीय भुक्तानी NCHL-IPS), connectIPS e-Payment, connectRTGS / National Payments Interface (NPI) लगायतका राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गरेर डिजिटल पेमेन्ट इकोसिस्टममा योगदान पु-याउदै आएको छ । ३१ असार २०७७ सम्म लकडाउनको अन्तरालमा एनसीएचएलद्धारा जम्मा ५४.२० लाख कारोबार गरिएको र सो बापत लाग्ने ५.२० करोड शुल्क नलिएको हो ।
एनसीएचएलले परिवर्तनमा ल्याएको शुल्कहरुले डिजिटल भुक्तानी कारोबार र समग्र अर्थतन्त्रमा नगदको निर्भरता कम गर्न सहयोग गर्ने विश्वास लिईएको छ । परिवर्तन गरिएको कारोबार शुल्क एनसीएचएलको प्रत्यक्ष तथा अप्रत्यक्ष सदस्यहरु सबैलाई लागु हुनेछ । यी शुल्कहरु एनसीएचएलद्वारा यसका सदस्यहरुलाई लागु गरिएको र ग्राहकहरुले यसको बारेमा अधिक जानकारी पाउनको लागि आफ्नो सम्बन्धित बैंक अथवा सेवा प्रदायकसँग सम्पर्क गर्न सकिनेछ ।
थप जानकारीका लागि www.nchl.com.np मा हेर्न सकिनेछ ।
