महालक्ष्मी फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा १७ प्रतिशत बढी मुनाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले ८ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
४८ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सले यस ५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन गत वर्षको तुलनामा २१ दशमलव ६१ प्रतिशतले बढी हो । कर्जामा पनि अघिल्लो वर्षको भन्दा १९.५५ प्रतिशत बढाएर ४ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ ।
खराब कर्जा शुन्य दशमलव २७ प्रतिशत रहेको फाइनान्सको कर्जा निक्षेप अनुपात ७३ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी २१ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव ५४ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ४५ दशमलव ९९ रुपैयाँ रहेको छ ।
