Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

मौद्रिक नीति तयार : कर्जा प्रवाहलाई खुकुलो बनाउने, सेयर धितो ऋणको सीमा बढाउने

२०७७ श्रावण २ गते

बैंकिङ खबर । नयाँ मौद्रिक नीतिले कर्जा प्रवाहलाई खुकुलो बनाउने भएको छ । कोरोनाका कारण खुम्चिएको अर्थतन्त्र जोगाउनका लागि पनि मौद्रिक नीतिले कर्जा प्रवाहमा खुकुलो नीति लिने भएको हो । नीतिले घर कर्जा, हाउनीङ कर्जा, कृषि कर्जा तथा अन्य उद्यमशील कर्जालाई सहज गर्ने भएको छ । मौद्रिक नीतिले सेयर धितो ऋणको सीमा खुकुलो बनाएको छ । मौद्रिक नीतिले कर्जा पुनर्तालीकिकरण तथा पुनर्कर्जाको समानुपातिक वितरणलाई फोकस गर्ने भएको छ । त्यसैगरी कोरोना प्रभावित क्षेत्रका बारेमा विशेष सम्बोधन गरिने भएको छ । बजारमा प्रयाप्त तरलता नहुँदा तरलताको अभाव हुन सक्ने अर्को समस्या छ । यसलाई सम्बोधन गर्नेबारे राष्ट्र बैंक चनाखो भएर लागि परेको बताइएको छ । अहिले बजारमा २ खर्ब रुपैयाँको तरलता रहेको छ । यो पर्याप्त नहुँदा थप तरलताका लागि आबश्यक पहल गरिने छ ।

कोरोना महामारीका कारण भएको लकडाउनले अर्थव्यबस्थालाई धेरै नै प्रभावित पारेको छ । अर्थतन्त्रलाई पुनरजीवित गर्नका लागि साना तथा मझौला उद्योगलाई मौद्रिक नीतिले सम्बोधन गर्ने भएको छ ।  साना तथा मझौला व्यवसायीलाई सहुलियत सहितको प्याकेज ल्याइने नेपाल राष्ट्र बैंक स्रोतको भनाई छ । त्यसैगरी मौद्रिक नीतिमा आत्म निर्भर अर्थतन्त्रको लागि नयाँ योजनाहरु ल्याइने भएको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार तरलताको विकल्प खोज्दै साना तथा मझौला व्यवसाय लाई (एसएमई) मौद्रिक नीतिले बढी फोकस गर्ने भएको छ । प्रत्येक स्थानीय तहमा समानुपातिक पुनर्कर्जा सुविधा वितरण गरिने गरी मौयद्रिक नीतिमा राष्ट्र बैंक जुटेको छ ।