Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ शैली

अब बैंकबाटै कर तिर्न सकिने, अनलाइनबाटै कर चुक्ताको प्रमाणपत्र

२०७७ श्रावण १ गते

बैंकिङ खबर । अब बैंकबाटै कर तिर्न सकिने भएको छ । बेंकबाटै कर तिर्न सकिने सेवाको अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार सुभारम्ब गरेका छन् । अर्थमन्त्रीले २० लाख रूपैयाँसम्म कारोबार गर्ने करदाताले बैंकमार्फत कर भुक्तानी गर्दा आय विवरण सोही अनुसार बुझाउन सक्ने व्यवस्थाको शुभारम्भ गरे । बैंकमा भौचर र आफ्नो आय विवरण पेश गरेर करदाताले पैसा तिर्न सक्नेछन् । वार्षिक २० लाख रूपैयाँसम्म कारोबार गर्ने करदाताले विद्युतीय माध्यमबाट कर चुक्ताको प्रमाणपत्र पनि लिन सक्नेछन ।