July 13th, 2020

बैंकर्स संघले तोड्यो आफ्नै निर्णय, अब बैंक आफैले व्याजदर तोक्न पाउने

bankers बैंकिङ खबर । २ बर्ष अघि बैंकर्स संघले व्याजदरमा एउटा भद्र सहमति गरेको थियो । सोही समहति भन्दा बाहिर गएको भन्दै एनआइसि एशीया बैंकमा ठुलै विवाद उत्पन्न भयो । जसकारण त्यहाँका सिइओ लक्ष्मण रिसालले राजीनामा सम्म गर्नुपरेको थियो । तर २ बर्षपछि फेरि बैंकर्स संघले भद्र सहमति तोडेको छ । अब बैंकहरुले कायम गरेको निक्षेप ब्याजदर बैंक आफैले तोक्नेछन् । बैंकहरुकै सहमतिमा भद्र सहमति तोडिएको हो । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आफ्नै निर्णय उल्टाएको हो । संघको बैठकमा ब्याजदरको भद्र सहमति भंग गर्ने सहमति भएको हो । जस अनुसार अब साउन १ गतेबाट बैंकहरुले आआफ्नो अनुकुल नयाँ ब्याजदर निर्धारण गर्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]