Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

बैंकर्स संघले तोड्यो आफ्नै निर्णय, अब बैंक आफैले व्याजदर तोक्न पाउने

२०७७ असार २९ गते

bankers बैंकिङ खबर । २ बर्ष अघि बैंकर्स संघले व्याजदरमा एउटा भद्र सहमति गरेको थियो । सोही समहति भन्दा बाहिर गएको भन्दै एनआइसि एशीया बैंकमा ठुलै विवाद उत्पन्न भयो । जसकारण त्यहाँका सिइओ लक्ष्मण रिसालले राजीनामा सम्म गर्नुपरेको थियो । तर २ बर्षपछि फेरि बैंकर्स संघले भद्र सहमति तोडेको छ । अब बैंकहरुले कायम गरेको निक्षेप ब्याजदर बैंक आफैले तोक्नेछन् । बैंकहरुकै सहमतिमा भद्र सहमति तोडिएको हो । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आफ्नै निर्णय उल्टाएको हो । संघको बैठकमा ब्याजदरको भद्र सहमति भंग गर्ने सहमति भएको हो । जस अनुसार अब साउन १ गतेबाट बैंकहरुले आआफ्नो अनुकुल नयाँ ब्याजदर निर्धारण गर्नेछन् ।