July 13th, 2020

के कोरोना असर सामान्य छ ? गभर्नर भन्छन् – ‘७ % आर्थिक वृद्धिको लक्ष पुरा हुन्छ’

बैंकिङ खबर । कोरोना कहरका कारण देशको मात्रै होइन सन्सारको अर्थतन्त्र कम्जोर बनेको छ । लगानी कहाँ गर्ने र कसरी गर्ने भन्नेमा अन्यौलता सृजना भएको छ । हरेक क्षेत्रका व्यबसायी तथा उद्योगीहरु समस्याको समाधान निकाल्ने उपायको खोजिमा छन् । कतिपयले व्यापार व्यबसायबाटै हात धुनुपर्ने अबस्थामा छ । तर यस्तो अबस्थामा पनि नेपाल राष्ट्र बैंकले सरकारको बजेटले निर्दिष्ट गरेको ७ प्रतिशत आर्थिक बृद्धि गर्ने अठोट बोकेको छ । के यो अबस्थामा राष्ट्र बैंकले गरेको अठोट पुरा होला ? प्रस्न उठ्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा आर्थिक बृद्धिदर ७ प्रतिशत गर्नेगरी मौद्रिक नीति तयार गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो कुराको जानकारी संसदीय अर्थसमितिमा गराएका छन् । उनले कर्जाको माग बढ्ने दावीसहित सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पुरा हुनेगरी मौद्रिक नीति ल्याउने बताए ।

गभर्नर अधिकारीले मौद्रिक नीतिले सकेसम्म ऋणीलाई राहत दिने पनि बताए । सोमबार संघीय संसदको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले ऋणीलाई सकेसम्म राहत दिने बताए । वित्तीय क्षेत्रको विकास, नीति तथा कार्यक्रम र बजेटले डोहोराएको बाटोमा मौद्रिक नीति केन्द्रीत हुने उनले बताए । सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न कर्जा व्यवस्थापन, राहतको प्याकेज तथा अन्य वित्तीय संरचनालाई मौद्रिक नीतिले प्राथमिकतामा राख्ने त्रबताए । आन्तरिक उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, र उद्यमशीलताको विकास हुने क्षेत्रमा वित्तीय स्रोतलाई परिचालन गरिने उल्लेख गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]