सिद्धार्थ बैंकद्धारा हेल्प नेपाल नेटवर्कलाई सहयोग

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले २०७७ आषाढ २९ गते सोमबार दोलखा स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि, हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप रु। पाँच लाख प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गर्नुभएको हो ।
बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भिमेश्वर स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्नेछ ।
नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा टेवा पु-याउने उद्देश्य रहेको गैर सरकारी संस्था, हेल्प नेपाल नेटवकलाई पु-याएको यस सहयोगबाट बैंकले शिक्षाको क्षेत्रमा केहि हदसम्म भएपनि उत्थान पुग्ने र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिंदै जाने जनाएको छ ।