July 13th, 2020

मौद्रिक नीतिले ऋणीलाई राहत दिने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले सकेसम्म ऋणीलाई राहत दिने बताएका छन् । सोमबार संघीय संसदको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले ऋणीलाई सकेसम्म राहत दिने बताए । वित्तीय क्षेत्रको विकास, नीति तथा कार्यक्रम र बजेटले डोहोराएको बाटोमा मौद्रिक नीति केन्द्रीत हुने उनले बताए । सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न कर्जा व्यवस्थापन, राहतको प्याकेज तथा अन्य वित्तीय संरचनालाई मौद्रिक नीतिले प्राथमिकतामा राख्ने त्रबताए । आन्तरिक उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, र उद्यमशीलताको विकास हुने क्षेत्रमा वित्तीय स्रोतलाई परिचालन गरिने उल्लेख गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]