July 12th, 2020

राष्ट्र बैंकले ऋण तिर्न नसक्नेलाई समय थप्ने सुविधा सहितको मौद्रिक नीति ल्याउने

बैंकिङ खबर । अन्तत नेपाल राष्ट्र बैंकले ऋण तिर्न नसक्नेलाई समय थप्ने सुविधा सहितको मौद्रिक नीति ल्याउने भएको छ । सक्नेहरुले बैंकको ऋण तथा व्याज र किस्ता तिराउनका लागि साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्न लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम रस्साकस्सीमा जुटेको छ । बैंकको ऋण तिर्न नसक्नेहरुका लागि म्याद थप सहितका सुविधाहरु ल्याइने तयारी भएको बताइएको छ । ऋणको साँवा, किस्ता तथा ब्याज भुक्तानीमा मौद्रिक नीतिले सहजीकरण गर्ने तयारी भएको राष्ट्र बैंक उच्च स्रोतले जनाएको छ । असार अन्तिम साता ल्याइने गरेको मौद्रिक नीति कोरोना प्रभाव तथा लकडाउनका कारण प्रयाप्त समय अभावले गर्दा साउन पहिलो साता जारी गरिने भएको राष्ट्र बैंकले जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीको यो पहिलो मौद्रिक नीति हो । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि साउन पहिलो साता मौद्रिक नीति ल्याउनेगरी गृहकार्य गरीरहेको जनाएको छ । मौद्रिक नीतिका लागि सुझावहरु संकलन गरी तयारीको अन्तिम संघारमा पुगेको छ ।

अहिले कोरोना कहरका कारण मौद्रिक नीति यसैको केन्द्रविन्दुमा तयार हुँदै छ । हाल लगानीका क्षेत्रहरु साँधुरीदै गएको अबस्था छ भने कोरोना तथा लकडाउनका कारण व्यापार व्यबसाय ठप्प छ । जसका कारण अर्थतन्त्रका अधिकाँस सूचकहरु अत्यन्तै कम्जोर भएका छन् । यो अबस्थामा आर्थिक बृद्धिको लक्ष लिने आधारहरु खेखिँदैनन् । अर्थतन्त्रलाई नियमित रुपमा संचालन गर्ने र कोरोना प्रभावबाट तहसनहस भएका क्षेत्रहरुलाई व्यूताउँने कार्यलाई नै म्रौद्रिक नीतिले सम्बोधन गर्ने नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]