July 12th, 2020

कुमारी बैंकले भित्रायो देव: विकास बैंक, एकिकृत कारोबार सुरु

बैंकिङ खबर । कुमारी बैंकले राष्ट्रिय स्तरको देव विकास बैंकलाई भित्राएर संयुक्त कारोबार सुरु गरेको छ । देव विकास बैंक अब कुमारी बैंकमा विलय भएको छ । देव विकास बैंक गाभिएपछि कुमारी बैंकको नामबाट आज आइतबारबाट औपचारिक कारोबार सुरु भएको छ । एकीकृतपछि कुमारी बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड पुगेको छ । विकास बैंक मर्जरपछि पूर्ण रुपमा आफ्नो अस्तीत्व मेटीएको छ । राष्ट्रिय स्तरका विकास बैंकहरु वाणिज्य स्तरका बैंकमा गाभिएका छन् । पछिल्लो समय पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक मेगा बैंकमा गाभिएको छ भने ओम डेभलपमेन्ट बैंक यस अघि नै एनएमबी बैंकमा गाभिइसकेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]