बैंकिङ्ग क्षेत्रको अग्रणी ‘एनआईसी एशिया बैंक’ले शिखर ईन्स्योरेन्ससँगको सहकार्यमा निर्जीबन बीमा सेवा सुरु गरेको छ । सो सम्बन्धी सम्झौतामा विहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल तथा शिखर ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।
आफ्ना नयाँ तथा पुराना ग्राहकहरु मार्फत निर्जीबन बीमा सेवा प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले “Health Insurance” तथा “Secure Mind” नामका अलग अलग दुई सेवा सुरु गरेको छ । जसअनुसार Health Insurance अन्र्तगत ब्यक्तिगत तथा परिवारको स्वास्थ्य बीमा गराउन सकिन्छ भने Secure Mind ले बैंकको ऋण सुरक्षित गर्न मद्धत गर्दछ । आर्थिक बर्ष ०७२/०७३ मा बैंकले १ अर्ब ७ करोड नाफा गर्दै ५७ प्रतिशतले मूनाफा वृद्धि गरेको छ । एन आई सी एशिया बैंकले आफ्नो चौथो त्रैमासिक वासलात अनूसार मूनाफामा नयाँ रेकर्ड कायम गरेको छ । बैंकले मुलुकभरी ६७ शाखा र ६९ वटा एटिएम बाटसेवा प्रदान गर्दै आएको छ ।