July 10th, 2020

व्लाङ्क चेक काटेपछि २ जना प्रहरी फन्दामा, बैंकिङ कसुरमा कार्बाही अघि बढ्यो

बैंकिङ खबर । खातामा रकम नभएको चेक दिएर १६ लाख ५० हजार ठगी गर्ने काठमाडौंको ताम्सिपाखाकी सुनिता चित्रकार र कलंकीका मनोजलाल सिंह सुवाललाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । चित्रकारलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । उनलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत २०७६ फागुन १८ गते तीन दिन कैद र रु ६ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । थियो। कलंकीका मनोजलाल सिंह सुवाललाई प्रहरीले रविभवनबाट पक्राउ गरेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]