ऋणीहरुलाई असार मसान्तभित्रै ऋणको साँवा र ब्याज भुक्तानी गर्न गभर्नरको आग्रह

बैंकिङ खबर । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणीहरुलाई असार मसान्तभित्रै ऋणको साँवा र ब्याज भुक्तानी गर्न आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिका बारे आयोजित वेभनारमा अधिकारीले आय आर्जन हुने र सक्ने व्यक्तिले बैंकको व्याज र किस्ता समयमा भुक्तानी गर्न आग्रह गरे । गभर्नर महाप्रसाद अधिकारीले ऋणीहरुलाई असार मसान्तभित्रै ऋणको साँवा र ब्याज भुक्तानी गर्न र नसक्नेका लागि मौद्रिक नीतिमा प्याकेज ल्याइने बताए । राष्ट्र बैंकले आयोजना गरेको वेभनारमा अधिकारीले सबैलाई मौद्रिक नीतिले सहयोग गर्ने बताए । उनले नसक्ने ऋणीलाई राष्ट्र बैंकले आवश्यक थप व्यवस्था मौद्रिक नीतिमार्फत् गर्ने उल्लेख गरे । असहज परिस्थितिलाई मध्यनजर गर्दै बैंकहरुले अनावश्यक दवाब नदिएको पनि बताए । उनले सम्भव भएसम्म सबै ऋणीहरुले साँवा ब्याज भुक्तानी गर्नुपर्नेमा जोड दिए । राष्ट्र बैंकले कोरोना प्रभावलाई मध्यनजर गरेर आगामी मौद्रिक नीति साउनको पहिलो साताभित्र सार्वजनिक गर्ने बताए ।